स्त्री प्रतिरोध, थेरी भिक्षुणीहरू र समयको आलोचना

आर्यहरूको सबैभन्दा प्राचीन ग्रन्थ भनिने ऋग्वेदमा मध्य एसिया र दक्षिण एसियाका प्राचीन आर्यहरूको घुमन्तेबाट स्थिर समुदायमा परिणत भएको जीवन व्यापार वर्णित छ । यस्को अन्तिम अध्याय दसम् मण्डलको ‘पुरूष सूक्त’मा यस जगतको नियन्ताबारे प्रश्न उठ्छ र प्रश्नकर्ताले आफै उत्तरपनि दिन्छ “जो यस कालको वर्तमान छ, जो बितिसकेको छ र जो आउनेबाला छ, सबै परम पुरूष…