राष्ट्र र जनताको मन जोड्ने भ्रमण


-माधवकुमार नेपाल, छिमेकीहरूको आवतजावत, आपसी सम्बन्ध जति धेरै भयो, जति बाक्लो भयो त्यति नै राम्रो हुन्छ छिमेकी राम्रो हुँदा त्यो समाज राम्रो हुन्छ त्यसले स्वाभाविक रूपले दुःख र सुखका बेलामा साथ दिने स्थिति बन्छ जब आवतजावत नै भएन भने सुख र दुःखमा कसरी साथको अपेक्षा गर्न सकिन्छ बहुत लामो अन्तरालपछि यो सर्वोच्च तहको भ्रमण हुँदै छ यो अत्यन्त खुसी र गौरवको कुरा हो नेपालीका निम्ति अत्यन्त प्रसन्नताको कुरा हो हामी सबैसँग मैत्रीपूर्ण, सुमधुर सम्बन्ध राख्न चाहन्छौँ पारस्परिक मूल्य र मान्यताका साथ सम्बन्ध अघि बढाउन चाहन्छौँ

हामी पञ्चशीलका सिद्धान्तप्रति प्रतिबद्ध छौँ हामी कुनै एउटा राष्ट्रका विरुद्धमा अरूलाई प्रयोग गर्न चाहँदैनौँ नजिकका दुई छिमेकीहरू पानीले, पहाड, हिमाल, भूमि, पारस्परिक व्यापार, आवतजावत, नाता सम्बन्धले जोडिएका छौँ हामी सुख र दुःखका साथी हौँ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण यो अनौठो होइन, अत्यन्त स्वाभाविक हो यो भ्रमण अझ छिटोछिटो हुनुपर्छ प्रत्येक वर्ष नेपालको एकपटक भ्रमण होस् भन्ने हाम्रो चाहना छ यो भ्रमणबाट कोही आत्तिनुहुँदैन माग्न र हात थाप्नका लागि भ्रमण हुने होइन रमाइलो साट्न, अनुभव आदानप्रदान गर्न यस्ता भ्रमण चाहिन्छ

उच्चतहमा भ्रमण हुँदा दुई राष्ट्रबीचमा अझ निकट सम्बन्ध बन्छ जनस्तरको सम्बन्धलाई बाक्लो, व्यापारिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धन गर्नका निम्ति पनि भ्रमण अनिवार्य हुन्छ विगतदेखि नेपालले चीनको सहयोग प्राप्त गर्दै आएको छ चीनको मात्र होइन, सङ्कटका बेला अरू देशबाट पनि हामीले त्यत्तिकै साथ पाइरहेका छौँ त्यस्तै, अरू देशमा सङ्कट पर्दा हामीले पनि सक्दो सहयोग गर्दै आएका छौँ यसप्रति हामी अत्यन्त खुसी छौँ यो भ्रमणले पनि आपसी विश्वास बढाउनेछ, आर्थिक सम्बन्धलाई विस्तार गर्ने काम गर्नेछ दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लग्नेछ

हामी छिमेकी मुलुक भारतसँग भूमिबाट जोडिएका छौँ चीनसँग पनि भूमि र आकाश सबैतिरबाट जोडिनुपर्छ बङ्गलादेशसँग पनि जोडिनुपर्छ नेपालमा जति शान्ति, स्थायित्व हुन्छ छिमेकी राष्ट्र त्यति नै सबै हिसाबले निश्चिन्त हुन्छन् सुरक्षा संवेदनशीलतामा हामीले ध्यान दिनुपर्छ नेपालको भूमिबाट कुनै समस्या हुँदैन भन्ने विश्वास दिलाउनुपर्छ नेपालको आर्थिक विकास जति हुन सक्यो छिमेकी त्यति नै खुसी हुुनेछन् नेपालको स्वाभिमानलाई सबैले कदर गरिनुपर्छ नेपाल सानो राष्ट्र भए पनि स्वाभिमानी राष्ट्र हो पुरानो सभ्यताको इतिहास बोकेको राष्ट्र हो बुद्ध जन्मेको यो धर्ती पवित्र छ

यही देशमा पशुपतिनाथ, मुक्तिनाथ, सीताजस्ता विभूतिको जन्म भएको छ हिन्दु र बुद्ध धर्मको उद्गमस्थल होनेपाल बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको छ हामीले बुद्धभद्र, फाहियान, भृकुटी, अरनिकोजस्ता विभूतिको स्मरण गर्नुपर्छ चीनसँगको सम्बन्ध बढाउनमा उहाँहरूको महत्वपूर्ण योगदान छ आधुनिक युगको निर्माण, चिनियाँ प्रविधिको लगानी नेपालमा भिœयाउन, सडक, कनेक्टिभिटीका लागि पनि प्रकृतिलाई जित्न सक्नुपर्छ चीनले त अग्लो ठाउँ तिब्बतको पठारमा असम्भवप्रायः भएको ठाउँमा रेल पु¥याएर चमत्कार गरिसकेको छ

अब त्यहाँबाट नेपालको केरुङसम्म रेल ल्याउन खासै कठिन छैन यातायातमा जति वृद्धि गर्न सक्यौँ, त्यति नै हाम्रो सम्बन्ध बाक्लो हुन्छ व्यापार व्यसाय बढ्छ चीनका पर्यटकलाई नेपाल आउन सहज हुनेछ चिनियाँ यात्रुहरू हवाईजहाज र रेल दुवै माध्यमबाट नेपाल भ्रमणमा आउन सक्नेछन् चिनियाँ राष्ट्रपतिको यो भ्रमणको हामीले लामो समयदेखि व्यग्रतासाथ प्रतीक्षा गरिरहेका थियौँ उहाँलाई हामीले नेपालमा हार्दिक स्वागत गर्दछौँ

सन् २००९ को डिसेम्बरमा म चीन भ्रमणमा गएकोबेला विकासका लागि रणनीतिक साझेदारीको मान्यता अगाडि सारिएको थियो त्यसले पनि सम्बन्ध विस्तारमा महŒवपूर्ण भूमिका खेलेको मैले बुझेको छु हामी सबै नेपालीले चीनसँग नेपालको भूमि जोडिनुपर्छ भन्ने साझा चाहना छ त्यसलाई चीनले पनि सकारात्मक रूपमा लिएको पाएका छौँ

यो भ्रमणमा त्यसबारे केही न केही सम्झौता हुने मैले विश्वास लिएको छु हामीले क्षणिक सम्बन्ध र लाभमा अल्झिनुहुँदैन दीर्घकालीन सम्बन्ध र लाभका लागि ध्यान दिनुपर्छ सम्बन्ध विस्तारमै आर्थिक सम्बन्ध पनि जोडिएको हुन्छ जबसम्म आपसी सम्बन्ध गाढा हुँदैन, तबसम्म आर्थिक सहयोगको आदानप्रदान सम्भव हुँदैन त्यसैले पहिले हामी छिमेकीसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ बाँकी सहयोग त आपसी समझदारीमा हुन्छ नै

तत्कालीन राजा महेन्द्रले पनि चीनसँग नेपाल जोड्न कोदारी राजमार्ग बनाउन पहल गरेका थिए त्यो बाटोबाट हामी सबैलाई लाभ भयो त्यसैले लाभ हानिलाई हामीले ध्यान दिनुपर्छ लाभमात्र पनि हेर्नुहुँदैन राष्ट्रलाई एकताबद्ध बनाउनेमा ध्यान दिनुपर्छ बाटोघाटो व्यापारमात्र होइन, मानिसमानिसबीचको सम्बन्ध गाढा बनाउन, चेतना बढाउन, एकअर्काको भावना जित्नका लागि पनि हो पर्यटक, यात्रुको सङ्ख्या बढ्दै गयो भने भोलि सहयोग त नेपाललाई नै पुग्छ नेपाल संसारका निम्ति आकर्षणको केन्द्र बन्दै छ सबैको विश्वास जित्दै छ विश्वभरका मानिस एकपटक नेपाल पुग्न पाए हुन्थ्यो भन्ने ठानिरहेका छन् यो हाम्रालागि उज्ज्वल भविष्य र गौरवको कुरा हो

कतिपय देश पर्यटकले मात्र आर्थिक समृद्धि गरेको हामीले देखेका छौँ हामीसँग पर्यटकीय महत्वसँगै अन्य उत्पादनका सम्भावना पनि उत्तिकै छ यहाँको प्राकृतिक स्रोतसाधनको सदुपयोगको त्यति नै महत्व छ यो भ्रमणका बेला पनि नेपालचीनबीच केही दीर्घकालीन सम्झौता हुनेछ दीर्घकालीन महत्वका परियोजनामा सम्झौता हुने तयारी भएका छन् यसले नेपाल र चीन दुवैलाई फाइदा पुग्नेछ चीनको राम्रो पक्ष के हो भने, उसले आफूले मात्र सम्बन्ध बढाउने भन्दैन अरूसँग पनि त्यत्तिकै मात्रामा राम्रो सम्बन्ध राख्नुस् भनेर सुझाव दिने गरेको छ यो राम्रो पक्ष हो

चीनले संवेदनशीलता हेरेर लगानी गर्ने गरेको छ तथापि काम गर्दै जाँदा केही त्रुटि र कमजोरी हुन्छ नै त्यो जसबाट पनि हुन्छ चीनको लगानी रहेका केही परियोजनामा ढिलाइ भयो भनेर गुनासो सुनिन्छ तर त्यहाँ हाम्रो कमजोरी पनि जोडिएको छ यो रिङरोड निर्माणकार्य पनि कति तीव्र गतिमा भइरहेको थियो, हामीले जग्गा अधिग्रहण गर्नमा ढिलाइ गर्दा काममा सुस्तता भयो आफ्नै कारणले काममा ढिलाइ भएका बेला पनि अरूलाई दोष दिनु त उचित हुँदैन

आफ्नो कमजोरी र त्रुटि सच्याउँदै जानुपर्छ नियम कानुनको पूर्ण पालना गरेर नै हामीले विकास गर्ने हो चीनले आर्थिक समृद्धि कायम गरेको पनि नियमबद्ध तरिकाले नै हो हामीले चीनबाट धेरै कुरा सिक्नेक्रममा छौँ उसको विकासको बाटोलाई पछ्याउन सक्छौँ चीनमा अहिले एक अर्ब ४३ करोड जनसङ्ख्या छ त्यहाँको केही नागरिक नेपाल आउँदामात्रै नेपाल पर्यटकीय रूपले ठूलो आर्थिक वृद्धि हासिल गर्न सक्छ यो हामीले राम्रोसँग बुझेका छौँ

मैले दर्जनौँपटक चीनको भ्रमण गरेको छु सम्बन्ध राखेर केही बिगँ्रदैन पार्टीपार्टीबीचको सम्बन्धले देशको सम्बन्ध राम्रो बनाउन मद्दत पुग्छ कोहीले नेपाल कम्युनिस्ट पार्टी र चीनको कम्युनिस्ट पार्टीबीचको सम्बन्ध बनेको देखेर हल्का आलोचना गरेको सुनिन्छ तर, त्यो आवश्यक छैन चिनियाँ पार्टीसँग हाम्रो भ्रातृत्व सम्बन्ध उहिलेदेखिको हो

चीनले आफ्नो विचार निर्यात गर्न चाहँदैन हामीले पनि कसैको विचार आयात गर्न आवश्यक छैन द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई नेपालको सन्दर्भमा लागू गर्न चाहेका छौँ समाजमा कस्ताकस्ता वर्ग बस्छन्, तिनीहरूको स्वभाव कस्तो हुन्छ, त्यसको व्याख्या गर्न, समाजमा कस्ता अन्तरविरोध विद्यमान छन् रु संसारलाई चिन्न र आफूलाई चिन्ने चश्मा हो त्यो हेर्नेमात्र होइन, रूपान्तरण गर्ने सिद्धान्त पनि हो

पहिले चिन अनि बदल रोगको पहिचान गर अनि निदान गरभन्ने सूत्र प्रयोग गर्न चाहेका छौँ हामीले पार्टीबीचको सम्बन्ध सुमधुर बनाएसँगै देशदेशबीचको सम्बन्ध पनि बनाउन त्यति नै महत्व  दिएका छौँ जनताजनताबीच, पार्टीपार्टीबीच, सङ्गठनसङ्गठनबीचको सम्बन्ध राम्रो भएमा देशको सम्बन्ध बनाउन टेवा पुग्छ चीनको एउटा सिद्धान्त छ, “पहिले समस्या पहिचान गर अनि काम गर

समस्याको पहिचानै नगरी समाधान कसरी खोज्ने रु सामाजिक न्याय, समानताको सिद्धान्त लागू गर्न चाहेका छौँ सबैको शिर ठाडो होस्, सबैका छोराछोरी पढ्न पाऊन्, योग्य र सक्षम होऊन् कोही धनी कोही गरिब नहून् भन्ने हाम्रो कम्युनिस्ट पार्टीको मुख्य मान्यता हो ज्येष्ठ नागरिक समस्यामा नपरून्, एकल महिला पुरुष समस्यामा नपरून्, अपाङ्गता भएका व्यक्तिहरू समस्यामा नपरून्, गरिब, अल्पसङ्ख्यक कसैको जीवन कष्टपूर्ण नहोस् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ समाजवादको मान्यतालाई हामीले आत्मसात् गरेका छौँ

हामी निजी, सहकारी र सार्वजनिक सिद्धान्त अङ्गीकार गरेर अघि बढेका छौँ यो समाजवादको यात्रा हो यसबाट कोही आत्तिनुपर्दैन समाजको हितका लागि हो यो कसैका विरुद्धमा हामी छैनौँ अन्याय अत्याचार, विभेद अन्त्य गर्ने लक्ष्यमा छौँ के यो कसैको अहितमा छ र रु कम्युनिस्ट नेतृत्वको सरकारबाट कोही तर्सिनुपर्ने आवश्यक छैन हामी खुला समाजको पक्षमा छौँ तर नाङ्गो र विकृत समाजको पक्षमा छैनौँ

राम्रो संस्कार, राम्रो आचरण र व्यवहारको पक्षमा छौँ हामीले लिएको विचार र नीतिबाट कोही आत्तिनुपर्दैन तत्कालीन राजा महेन्द्रले भनेका थिए, “कोदारीको बाटोबाट मोटर चढेर कम्युनिज्म आउँदैनअहिले हामीले बीआरआई प्रोजेक्टमा हस्ताक्षर गरेका छौँ यसबाट पनि आत्तिन आवश्यक छैन रेलको बाटो भएर सी चिनफिङ सिद्धान्त नेपाल आउने होइन संसारलाई जोड्ने, व्यापार प्रवद्र्धन गरी सम्बन्ध जोड्ने परियोजना हो बीआरआई

भ्रमणबारे सरकारले सम्पूर्ण तयारी गरिसकेको छ आजदेखि राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुँदै छ यस अवसरमा हामी नेपाली अत्यन्त खुसी र गौरवान्वित भएका छौँ सरकारले दुईपक्षीय सम्बन्ध दरिलो बनाउन ध्यान दिनुपर्छ सम्बन्ध गहिरो होस्, समझदारीको जग बलियोमात्र होइन, अझ विश्वसनीय बन्ने मेरो विश्वास छ दुई देशको सम्बन्ध अझ उचाइमा पुगोस्

विश्वास र साझेदारी आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा रूपान्तरण हुन्छ सबै हिसाबले यो भ्रमण सफल होस् दुई देशबीचको युगीन सम्बन्ध अझ भरपर्दो, सुमधुर भई नयाँ उचाइमा पुगोस् नेपालीको महान् चाड दशैँको अवसरमा भइरहेको यो भ्रमणले थप खुसी र गौरव बढाएको छ म व्यक्तिगत रूपमा पनि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा हार्दिक स्वागत गर्दछु

(पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता नेपालसँग गोरखापत्रका उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित संवाद हामिले गोरखापत्रबाट साभार गरेका हौ । )

प्रतिक्रिया दिनुहोस
Advertisement