सेनाका तीन सहायकरथी उपरथीमा र चार महासेनानी सहायकरथीमा बढुवाका लागि सिफारिस


काठमाण्डु – नेपाली सेनाका तीन उपरथी र चार सहायकरथीहरुको बढुवा सिफारिस भएको छ । सेनामा रिक्त पदमा बढुवाका लागि सात दिने सूचना प्रकाशित भएको हो ।

उपरथीमा बढुवा सिफारिस हुनेमा २७ बेसिकका सहायकरथीहरु दिपक कुमार बानिंया, होमनाथ दवाडी र यामप्रसाद ढकाल रहेका छन् । तीमध्ये बानियां तालिम निर्देशनालय,दवाडी राष्ट्रिय सुरक्षा परिषदको सचिवालय र ढकाल विपद व्यवस्थापन निर्देशनालयमा कार्यरत छन् ।

त्यसैगरी महासेनानीबाट सहायकरथीमा बढुवा सिफारिस हुनेमा डा.पदम बहादुर बुढा(सैनिक सचिव विभाग), पवन खत्री (सैनिक तालिम महानिर्देशनालय), माधव थापा(मध्यकमाण्ड) र सानुकाजी थापा पूर्वी कमाण्ड हेडक्वार्टर रहेका छन् ।

यो पनि पढनुहोस्-

सेनामा दुई उपरथीले अवकास पाए,बानियां र दवाडी दुई तारे बन्ने लाइनमा

प्रतिक्रिया दिनुहोस
Advertisement