चिनियां विदेशमन्त्रालयद्धारा राष्ट्रपति सीको नेपाल भ्रमणको तालिका सार्वजनिक


काठमाडौं– चीनले राष्ट्रपति सी जिनपिङको नेपाल र भारत भ्रमणको मिति सार्वजनिक गरेको छ । चिनियां विदेशमन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको हो । चिनियां विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङका अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रालयले समेत प्रेस विज्ञप्ती जारी गर्दै चिनिंया राष्ट्रपति सी को नेपाल भ्रमणको पुष्टि गरेको छ ।

यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक जानकारी आएको थिएन् । चिनियां राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यसपछि १२ मा सिधै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

नेपाल र भारत दुवै देशमा एक –एक रात बिताएपछि १३ मा उनि वेइजिङ फर्कनेछन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । सरकारले उनको भ्रमणको भव्य तयारी गरेको छ ।

नेपाल भ्रमणको क्रममा चिनियां राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियां राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

PRESS RELEASE

At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.

President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal

 

यो पनि पढ्नुहोस् ।

नेपाल र भारतलाई समान महत्व दिँदै चिनियाँ राष्ट्रपति, नेपाल भ्रमणको मिति तय

चिनियां राष्ट्रपतिलाई भारतमा मोदी र नेपालमा भण्डारीले स्वागत गर्ने

राष्ट्रपति सीको नेपाल भ्रमण :उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गरेर बोइङ ७४७ चीन फर्कियो

राष्ट्रपति सीको दक्षिण एसिया भ्रमण आर्थिक विकास र क्षेत्रीय तनावलाई हल गर्नेमा केन्द्रित हुने

प्रतिक्रिया दिनुहोस
Advertisement