काठमाण्डु- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजीस्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ । मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो । ७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम बुधवारदेखि शुरु भएको स्टेडियमका प्रबन्ध निर्देशक…