भारतीय सेनाका ६ पूर्व सेनाध्यक्ष एकैसाथ काठमाडौँमा

काठमाण्डु -  भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागीका लागि भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरु मंगलबार नेपाल आइपुगेका हुन् । नेपाली सेनाको निमन्त्रणामा जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार…