काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेलको शेयर खरिद–बिक्री प्रकरणमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरूको मिलेमतो रहेको दाबी गरेका छन् । ओखलढुंगामा आयोजित पार्टीको कार्यक्रममा कोइरालाले तीनै पक्षको संलग्नता विना राज्यलाई घाटा हुने गरी एनसेलको शेयर खरिद–बिक्री सम्भव नहुने बताए । उनले भने, ‘यो राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन ।’ सभापति…