काठमाण्डु - प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा रुकुम–पश्चिमका उम्मेदवार जनार्दन शर्माले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । मंगलबार उनले २१ वटा प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रतिवद्धतापत्रमा उनले राजनीतिमा व्याप्त विकृति, विसंगति, राजनीतिलाई व्यापार र व्यक्तिगत स्वार्थसिद्ध गर्ने माध्यम बनाउने प्रवृत्ति तथा जनमतको दुरुपयोग र प्रतिशोधको भावनाविरुद्ध लड्नु आवश्यक रहेको औंल्याएका छन् । समाजलाई…