कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सभापति थापा सुर्खेत आउने

सुर्खेत – नेपाली कांग्रेसले सुर्खेतमा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । प्रतिज्ञापत्र सार्वजनिकपछि कांग्रेसको कर्णालीमा दोस्रो प्रदेशस्तरीय आमसभा हो । बिहीबार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्धय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले जानकारी दिए । आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट,…