सुर्खेत – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णालीको विकासका लागि संविधानको संशोधन जरुरी भएको बताएका छन् । कर्णालीको विकास अरु प्रदेशको जस्तो सजिलो नभएको भन्दै उनले संविधान र कानून परिवर्तनले मात्र कर्णालीको आम्दानी बढाएर विकास गर्न सकिने बताए । बिहीबार सुर्खेतमा आयोजित आमसभामा बोल्दै सभापति थापाले विकासका सपना बाँड्न सहज भए पनि कार्यान्वयन गर्न…