कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै

काठमाण्डु नेपाली कांग्रेसले बिहीबार एकैदिन तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ। पार्टीका अनुसार सुर्खेत, बाँके र रूपन्देहीमा सभाहरू हुनेछन्। यसअघि कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा आयोजना गर्दै प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। तीन जिल्लामा हुने सभाहरूमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरू सहभागी हुने छन् । नेताहरू हेलिकप्टरमार्फत सभास्थल पुग्ने…