पाथीभरा तनाव : १५ आन्दोलनकरी पक्राउ

काठमाण्डु- ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध आन्दोलन गरिरहेका १५ जना पक्राउ परेका छन् । सदरमुकाम फुङलिङ बजारमा सर्वसाधारणको घरमा आगोका राँको फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् । आइतबार राति राँके जुलुस निकालेका आन्दोलनकारीले केही घरमा राँको फालेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले फुङलिङमा निषेधाज्ञा लगाइएको छ…