एमाले परित्यागपछि पदमुक्त मेयर साहलाई नै काम गर्न दिन सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डु – सर्वाेच्च अदालतले रौतहट जिल्लाको मौलापुर नगरपालिकामा मेयर रीना कुमारी साहलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सर्वाेच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले साहको पक्षमा आदेश गरेको छ । मेयर साह नेकपा एमालेबाट निर्वाचित भए पनि पछि पार्टी परित्याग गरेका कारण उनलाई निर्वाचन आयोगले स्वतः पदमुक्त भएको सार्वजनिक गरेको थियो…