प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार  दिउँसो सिंहदरबारमा दुवै नेताबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि अध्यक्ष बालुवाटार पुगेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणको सन्दर्भमा प्रचण्डले ओलीसँग भेटघाट गरेको जनाइएको छ ।