इरानद्वारा होर्मुज जलडमरू खुला

काठमाण्डु - इरानले व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुला गरेको छ । इरानले हर्मुज जलमार्ग खुला गरेको घोषणा गरेपनि जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ । इरानका विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्ध विरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताएका छन् ।…