काठमाण्डु- सरकारले स्वास्थ्य संस्थामा शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै हप्तामा २ दिन अस्पताल बन्द गर्ने जानकारी दिएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो…