काठमाण्डु – सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरण कसूरको अनुसन्धानका लागि थुनामा रहेका खड्कालाई बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत छाड्न सर्वोच्चले आदेश दिएको हो । बिहीबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले श्रीमती विनिता थापाले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै खड्कालाई…