प्रधानमन्त्री कपको फाइनल आज, आर्मी र सुदूरपश्चिम भिड्दै

काठमाण्डु - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल शुक्रबार हुँदैछ । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दै छन् । आर्मी फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै तेस्रोपटक उपाधि घर ल्याउने लक्ष्यमा हुनेछ । आर्मीले यसअघि सन् २०१७ र सन् २०२१ मा प्रतियोगिता जितेको थियो । सुदूरपश्चिम भने पहिलोपटक विजेताको सूचीमा आफ्नो नाम…