काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पनि पार्टी छाडेका छन् । २०७९ को निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार रहेका बिष्टले साधारण सदस्यबाट समेत नरहने गरी राजीनामा दिएका छन् । उक्त निर्वाचनमा उनले सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गरेका थिए । पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय…