काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएको छ। पार्टीले अध्यक्षले नै विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको जनाएको हो। अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरिएको थियो। तर, तोकिएको समयभित्र स्पष्टीकरण नआएपछि उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिएको पार्टीले जनाएको…