केबलकारविरुद्धको प्रदर्शनमा पक्राउ परेका १७ जना रिहा

काठमाण्डु – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शनका क्रममा पक्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ । माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनका क्रममा १७ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । अभद्र व्यवहार सम्बन्धी कसुरमा थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रिहा गरिएको…