बुटवल – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको आरोप लगाएका छन् । बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने । कतिसम्म लाजमर्दो काम गरेको हो । अहिले सरकारले भ्रष्टाचारविरूद्ध…