काठमाण्डु- संसदको अवरोध खोल्ने बिषयमा शिर्ष राजनीतिक नेतृत्वमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बोलाउनुभएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद…