काठमाण्डु- सत्तारुढ नेकपा माओवादी केन्द्र केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट पछि हटेको छ। आज बिहान मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो । यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर, बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो…