काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । संसद्को अवरोध हटाउनेलगायत विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् । नेकपा एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले…