प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्‍ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। मंगलबार अपराह्न ४ बजे बस्‍ने गरी बोलाइएको बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको जनाइएको…