कटुवा पेस्तोलसहित २ युवक पक्राउ

जनकपुरधाम – सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका–१२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार सोमबार राति करीब साढे ८ बजे गोलबजार –११ बल्कबास्थित…