आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डु - प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी…