काठमाण्डु- प्रतिनिधि सभाको आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको छ। छलफलका क्रममा सत्तापक्ष र विपक्षी आ–आफ्नै दाबी प्रस्तुत गरेका छन्। खासगरी तत्कालीन विद्रोही पक्ष र राज्यपक्षबाट भएका घटनाहरुमाथि सत्य, तथ्य छानबिन गर्दै न्याय निरुपण गर्ने उद्देश्यसहित भएको तेस्रो…