काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक सहयोग माग गरेको अडिओ बाहिरिएपछि पार्टीले श्रेष्ठलाई निलम्बन गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । छानबिन प्रक्रिया पूरा नभएसम्म सांसद तथा पार्टीको साधारण सदस्य हैसियतले पनि काम नगर्न/नगराउन निर्देशन दिइएको छ । साथै, उनलाई २४ घण्टे स्पष्टीकरण…