काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमवार) सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षहरूसँग छलफल गर्दै हुनुहुन्छ । सूचना वर्गीकरण समितिले कुन सूचना दिने र कुन नदिने भन्ने सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् । नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा रहेको सूचनाको वर्गीकरण समितिले ८७ प्रकारका विभिन्न क्षेत्रका सूचनालाई ‘गोपनीय’ भनी…