राष्ट्रपति निर्वाचनः किन बजाए राजनीतिक दलले राष्ट्रिय सहमतिको बाजा ?

काठमाण्डु- बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन करिव डेढ महिना मात्रै बाँकी छ । कानुनलाई आधार मान्दा निर्वाचन आयोग अहिले राष्ट्रपतिको निर्वाचनमा जुटिसक्नु पर्ने समय हो । संविधानको धारा ६२ (७) ले राष्ट्रपतिको निर्वाचन संघीय कानून बमोजिम हुने उल्लेख गरिएको छ । यस्तै धारा ६३ मा भने राष्ट्रपतिको कार्यकाल ५ बर्स हुने उल्लेख गरिएको छ…