१० नेपाली फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गरिने

काठमाण्डु-चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० नेपाली फिल्मलाई एचडी गुणस्तरमा डिजिटाइज गर्ने भएको छ । मानवअधिकार फिल्म फेस्टिभल समापन समारोहमा अध्यक्ष दिनेश डीसीले रिलबाट एचडीमा आर्काइभ गर्ने तयारी थालिएको जानकारी दिए । डीसीले लिम्बु संस्कृतिबारेको फिल्मलाई डिजिटल अर्काइभको लागि अनुमति दिन निर्देशक नवीन सुब्बालाई आग्रह गरेको बताए । सुब्बाले पनि आग्रहलाई स्विकार गरेर अनुमति दिएका थिए…