काठमाण्डु– पाकिस्तानको एक प्रहरी चौकीमा आतंकवादी आक्रमणमा परी १५ जना प्रहरीको मृत्यु भएको छ। बन्नु सहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्किएपछि कट्टरपन्थीहरु चौकीभित्र पसेर प्रहरीमाथि गोली प्रहार गरेको बताइएको छ । बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले १५ जना प्रहरीको मृत्यु भएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको…