राजनीतिक गतिविधिमा क्रियाशील भए कर्मचारीमाथि कारबाही हुन्छ : मन्त्री मोदी

सुनसरी - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्मचारीहरु काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् । सुनसरीको तरहरामा जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । “राष्ट्रसेवक कर्मचारीहरु यदि कानुनभन्दा बाहिर गएर राजनीतिक रुपमा क्रियाशील हुनुभयो भने हामी कानुनी दायरामा ल्याएर…