काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गुमाएका थिए । आइतबार रविले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् । …