रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाण्डु- रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । रविले नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै उनलाई पार्टी सभापति घोषणा गर्न लागिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई पार्टी अध्यक्षमा फर्काउनकै लागि केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले बताए…