राष्ट्रिय झण्डाको दुरुपयोग गर्दा जेल सजाय र जरिवाना हुन्छ : गृह मन्त्रालय

काठमाण्डु – गृह मन्त्रालयले नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डालाई अपमानजनक ढंगले प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’को उल्लंघन भइरहेको जनगुनासो र अनुगमनका आधारमा मन्त्रालयले यस्तो कडा निर्देशन जारी गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा झण्डाको प्रयोग गर्दा चन्द्रमा तल पर्ने…