देशभरका अदालतमा २५ न्यायाधीशको पर्खाइ, कानूनी समयसीमाको उल्लंघन

काठमाण्डु – सर्वाेच्च अदालतका निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनिवार्य अवकाश पाउनैलाग्दा हतारहतार सर्वाेच्च अदालतका २ न्यायाधीश नियुक्तको सिफारिस गराए । सर्वाेच्चमा ६ न्यायाधीशको पद रिक्त रहेकोमा असोज ११ गते उनी नेतृत्वको न्याय परिषद्ले २ न्यायाधीश नियुक्तिको सिफारिस गर्‍यो । प्रधानन्यायाधीश श्रेष्ठले अवकाश पाउनैलाग्दा सर्वाेच्चको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे नियुक्त भए । तर सर्वाेच्चमा…