काठमाण्डु–काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा फ्याँकेको भन्दै आज पनि एक जनालाई जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै कुबेर थापालाई १० हजार जरिवाना गराइएको हो। हिजो सोमबार सडक हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना गराइएको थियो ।