काठमाण्डु-अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनको आगमी सत्ता यात्रा कस्ने रहने विषयमा बहस सुरु भएको छ । कतिपय पर्यवेक्षकहरूका अनुसार ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालले यसपटक उनले कसरी सत्ताको नेतृत्व गर्छन् भन्ने सङ्केत दिन्छ । उनीहरू राष्ट्रपति ट्रम्प सन् २०२० मा आफ्नो पहिलो कार्यकाल सकिएकै बिन्दुबाट अघि बढ्ने ठानेका छन् ।…