काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झाैतादेखि गठबन्धन सुरु भएको दावी गरेका छन् । सोमबार गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया…