संसद छिर्ने प्रयासमा एमालेका यी युवा, पाउलान् टिकट ?

काठमाण्डु – युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला नेकपा एमालेले यसपटक संघीय संसदमा प्रत्यक्ष र समानुपातिकतर्फ नयाँ र युवा अनुहारहरूलाई समेटेको छ। देशको बागडोर पुराना नेताहरुले सम्हालिरहेका बेला एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको पहलमा केही युवाहरु मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका हुन् ।…