काठमाण्डु-विद्युत नियमन आयोगले लाइन काटिएका उद्योगीले बक्यौता महसुल नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन उपभोग गरेको बिल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिहिवारदेखि ३४ वटा उद्योगको लाइन काटेको छ । पाँच वटाले भने किस्ता तिर्न थालेकाले उनीहरूको लाइन जोडिएको छ । आयोगले बक्यौता रकम नतिरेका डेडिकेटेड फिडर र ट्रङ्क लाइनको…