काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रिपरिषद्बाट पारित हुने बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित ‘नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले प्रस्तावित संस्कृति नीति छिट्टै पारित हुने बताए । कार्यक्रममा उनले हरेक संस्कृतिले आफ्नै सभ्यता र पहिचान बोकेको हुने भन्दै नेपालको मौलिक संस्कृतिलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत…