माओवादी नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट उत्प्रेषण जारी

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषण जारी गरेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलाशले बुधबार फैसला सुनाउँदै पूर्णिमाया लामा पक्ष रहेको मुद्दामा उत्प्रेषण जारी गरेको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको…