सत्ता गठबन्धनको बैठक जारी, जसपाका नेताहरु गएनन्

काठमाण्डु - सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा जनता समाजवादी पार्टीका नेताहरु भने अनुपस्थित छन् । जसपा गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्ने तरखरमा छ । गएराति एमाले नेता रघुवीर महासेठको निवासमा भएको छलफलमा एमाले जसपालाई २५ सिट दिन लगभग तयार भएको एमालेका एक शिर्षनेताले जानकारी दिए ।