काठमाण्डु - नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । आइतबार मध्यरातमा माओवादीले बुझाएको अन्तिम बन्दसूचीबाट महराको नाम हटाइएको एक शिर्षनेताले जानकारी दिए । महरा आफैंले नाम हटाउन लगाएको बताइएको छ । २०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो । महराकी छोरी प्रगति…