नागरिकता विधेयक ‘जस्ताको तस्तै’ राष्ट्रपतिसमक्ष पठाउने सत्ता गठबन्धनको निर्णय

काठमाण्डु- सत्ता गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई विना संसोधन अघि बढाउने भएको छ । बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठकले विधेयक जस्ताको तस्तै पुनः संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने- ‘राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः संसद्ले पास…