काठमाण्डु – गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आज नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे । निरीक्षणका क्रममा गृहसचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे । गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको…